वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
मिति २०८२/०६/२७ गतेको दिन कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता माननीय श्री कृष्ण बहादुर हमाल ज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय श्री यज्ञराज जोशी ज्यू समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। उक्त प्रतिवेदनमा भएको संक्षिप्त व्यहोरा माननीय मुख्य न्यायाधिवक्ता ज्यूले राख्नुभएको थियो भने वार्षिक प्रतिवेदन पेश भएकोमा माननीय प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतलाई धन्यबाद ज्ञापन गर्नुभयो।